• 2020-12-04

शोभा तामाङ

टाेखा लाइभ / मङ्सिर १९ काठमाडौं ।

टोखा ५ कल्की नारायण मन्दिरदेखि धापासी जाने बाटोको तेस्रो तथा अन्तिम खण्ड कल्की मन्दिर देखि बाशुदेव मार्गसम्मको बाटो बनाउने कार्य जारी छ। टोखा नगरपालिका वडा ५ को बजेटमा सम्पन्न गर्न लागिएको उक्त आयोजनाको सम्झौता रकम रु. ५४,३६,०२७.८७ रहेको र उक्त १४ देखि २० मिटर चौडाई ३०० मिटर लम्बाई भएको बाटोलाई केही दिन भित्रै पक्की बनाइने वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो।

साथै उक्त बाटोमा वडा नम्बर ५ को रु. ४८,१६,००० र स्थानीय जनश्रमदानबाट रु ६,००,०२७ बराबरको सहयोगमा बाटो निर्माण गरिने छ। बाटो निर्माणका लागि उपभोक्ता समितिमा कल्की नारायण टोल बिकास सस्थाले टोखा नगरपालिकामा सम्झौता गरि निर्माण प्रक्रिया अघि बढाइएको उक्त बाटोमा खानेपानी पाइप बिछ्याइ ढल निर्माण र विधुतलाई व्यवस्थित गर्ने कार्य सम्पन्न गरि बाटो पक्की गर्ने कार्य भइरहेको पनि अध्यक्षले जानकारी दिनुभएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै