• Jana Kura

  • 2025-05-03

काठमाडौं २० वैशाख ,२०८२ 

टोखा नगरपालिका–२, भिल्ली पन्चेटारमा नेवारी संस्कार, स्वाद र सेवा समेटिएको ‘भाजु नसः पार्टी प्यालेस’ को रंगीन र आत्मीय वातावरणमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यमा उद्घाटन सम्पन्न भएको छ। सो समारोह चण्डेश्वरी दाफा भजन खलःको बाँसुरी धुनबाट सुरु गरिएको थियो।

नेवारी परम्पराको सुगन्ध बोकेको यो स्थलमा पाहुनालाई सुकुलमा बसेर परोसीने शुद्ध, मौलिक नेवारी परिकार, नेवारी भेषमा सजिएका कर्मचारी र आत्मीय सत्कारले स्वागत गरिन्छ। सञ्चालक अध्यक्ष केश कुमार श्रेष्ठ भन्छन्, “नेवारीमा ‘भाजु’ भनेको ज्वाइँ हो – जसरी घरको ज्वाइँलाई माया गरिन्छ, यहाँ आउने सबै पाहुनालाई पनि त्यस्तै आत्मीयता दिनेछौं।”

संस्कार, स्वाद र सेवाको संगम स्थानीय उत्पादन प्रयोग गरेर बनाइएका परिकार, पारम्परिक भाँडाकुँडा, नेवारी सजावट र संस्कृति झल्काउने वातावरणले ‘भाजु नसः’ लाई विशेष बनाएको छ। सञ्चालकहरूको लक्ष्य यसलाई सेवा, संस्कार र सद्भावको केन्द्रको रूपमा विकास गर्नु हो।

टोखा नगर प्रमुख प्रकाश अधिकारी, टाेखा नगरपालिकाका विभिन्न वडाध्यक्ष, टाडी गाउँपालिकाका अध्यक्ष, स्थानीय समाजसेवी, व्यवसायी, राजनीतिक प्रतिनिधिहरू र सर्वसाधारणको उल्लेखनीय उपस्थिति उद्घाटन समारोहमा देखिएको थियो।

सबैका लागि खुला, आत्मीयताको स्पर्शसहित करिब ५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यस पार्टी प्यालेस सबै जात, वर्ग र समुदायका लागि खुला छ। सञ्चालक सुमन डंगोल भन्छन्, “यहाँ कसैसँग भेदभाव हुँदैन – जसरी परिवारका सदस्यलाई सत्कार गरिन्छ, त्यही माया र सम्मान सबै पाहुनालाई प्रदान गरिन्छ।”

यदि तपाईं नेवारी स्वाद, सेवा र संस्कारको खोजीमा हुनुहुन्छ भने, ‘भाजु नसः पार्टी प्यालेस’ तपाईंका लागि आत्मीय अनुभवको गन्तव्य बन्न सक्छ।

छुटाउनुभयो कि? सबै