• 2020-08-31

    टाेखा लाइभ/शोभा तामाङ
    भाद्र १५ काठमाडौं :
    टोखा नगरपालिका वडा नम्बर ५ मा आज टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञान माया डङ्गोल र टोखा ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले कोरोना संक्रमितसङ्ग सुरक्षा उपाय अपनाई भेटघाट गरेका छन ।
    कोरोना संक्रमितलाई हौसला दिन र आफुहरुको साथ र सहयोग संधै रहनेछ भन्ने विश्वास दिलाउन यो भेटघाटले सन्देश दिनेछ भन्ने विश्वास आफुहरुलाई रहेको उहाँहरुले व्यक्त गर्नुभयो ।
    टोखा ५ मा संक्रमितहरु मध्ये १७ जना होम आईसोलेसनमा र बाकी ६ जना आईसोलेसन अस्पतालमा रहेका छन । उहाँहरु सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै