• Jana Kura

    • 2026-01-06

    काठमाडौँ, २२ पुस / काठमाडौँको सिनामङ्गल नजिकै गैरीगाउँस्थित काठको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ।
    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज दिउँसो ३ः१५ बजे सुरु भएको आगलागी ४ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
    ईश्वरबहादुर कार्कीको कार्गोमा प्रयोग हुने काठ भण्डारण गरिएको गोदाममा आगलागी भएको र उक्त घटनाबाट गोदाम पूर्ण रूपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो। आगलागीका कारण गोदामसँगै जोडिएको लोयला सेकेन्डरी स्कुलको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
    दमकलको सहयोगमा सुरक्षा निकाय तथा स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका भए पनि क्षतिको यकिन विवरण भने हालसम्म आइनसकेको प्रवक्ता भट्टराईले बताउनुभयो। हाल क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको उहाँको भनाइ छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै