काठमाडौं, २२ पुस ।
आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपका लागि घोषित टोलीमा केही नयाँ अनुहार समेटिँदा केही स्थापित खेलाडी बाहिरिएका छन्।
एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ल पहिलोपटक नेपाली सिनियर टोलीमा परेका छन्। यस्तै, बसिर अहमद पनि विश्वकप टोलीमा समावेश भएका छन्।
तर विश्वकप एसिया–ईएपी छनोटमा सहभागी कुशल मल्ल र मोहम्मद आदिल आलम भने यसपटक विश्वकप खेल्ने टोलीमा अटाउन सकेनन्।
नेपालको टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा।