2080 जेठ २०/ ” नयाँ सोच र सिर्जना प्राकृतिक प्रणालीको पुनस्थापना “भन्ने मुल नाराको साथ टाेखा नगरपालिका वडा ३ मा विश्व वातावरण दिवसको सन्दर्भमा सरसफाइ विशेष कार्यक्रम आज सम्पन्न भएको छ।
विश्व वातावरण दिवसको सन्दर्भ पारेर सरसफाइ विशेष कार्यक्रम टाेखा नगरपालिका वडा ३ को ‘ झुडाेल प्रवेशनगर टाेल विकास संस्था , ढारापानी टाेल विकास संस्था र आदर्श टाेल विकास संस्थाद्वारा संयुक्तरूपमा आयोजना गरेको हो।
सरसफाइ कार्यक्रममा टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोलको समेत सहभागिता रहेको थियो ।सरसफाइ विशेष कार्यक्रममा ३ वटै टाेल कमिटीका पदाधिकारीहरु टाेखा ३ को एन्जल प्याराडाइज स्कुल र नव दिक्षित पाठशालाका शिक्षक शिक्षिका , विद्यार्थी भाइबहिनीहरु लगायतको सहभागी रहेको धारा पानी टाेल विकास संस्थाका अध्यक्ष नवीन केसीले बताउनुभयो ।
सरसफाइ विशेष कार्यक्रम झुडाेल प्रवेशनगर टाेलबाट सुरु भै ग्रान्डी अस्पताल हुँदै पुन: आदर्श टाेल पुगेर सरसफाइ कार्यक्रम समापन भएको थियो । वातावरण दिवस यहि जेठ २२ गते देशभर भब्य रूपमा मनाइदै छ।