• 2022-04-22

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    काठमाडौं /बैशाख ८,२०७९

    टोखा नगरपालिका वडा नं २ स्थित सपनातीर्थमा सपनतीर्थ दाप:खेलको आयोजनामा बैशाख ५ र ६ गते सामूहिक बेल बिबाह ( इहि) कार्यक्रम सम्पन्न भएको छ।

    सामूहिक बेल बिबाह इहि कार्यक्रममा ६७ जना बालिकाहरूको उपस्थित रहेको सपनातीर्थ पुजारी खल देबराज डंगोलले जानकारी दिनुभयो। परम्परादेखि चल्दै आएको यो कार्यक्रमलाई तीन वर्षको एकपटक सामूहिक बेल बिबाह गर्दै आएको डंगोलले बताए।

    बेल बिबाह भनेको समय परिवर्तन भएको जनाउँदै जोर उमेरमा बेलसँग विवाह गरिने भएकोले नेवार समुदायका कन्याहरु कहिले विधुवा नहुने गुरुजु जितेन्द्र बज्राचार्यले बताए।

    बेल विवाह इहि गरिसकेपछि जुठो बाँड्नुपर्ने र कन्या केटी अब ठुलो भयो भन्ने जनाउने बज्राचार्यले जानकारी दिनुभयो। यो झण्डै ७ सय वर्ष देखि चल्दै आएको पुरानो परम्परा मौलिक सांस्कृतिक मल्लकालदेखि चल्दैआएको नेवार समुदायको परम्परा रहेको बताए। संस्कार जन्मदेखि मृत्युसम्म चलिरहने पुजारी बज्राचार्यले बताए।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै