• 2022-04-02

    टाेखालाइभ डट कम/ चैत्र १९,२०७८

    आगामी २०७९ बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई विजयी गराउन राजनीतिक दलहरुले देशभर पार्टीका गतिविधिलाई ब्यापक बनाउदै अभियान सञ्चालन गर्न थालिसकेका छन् ।आसन्न स्थानीय तहको निर्वाचनले राजनीतिक दलहरुलाई चुनावी अभियानमा सक्रिय बनाएको छ ।

    त्यसै क्रममा नेकपा एमाले टाेखा नगरपालिकाका ११ वटै वडामा पार्टीका गतिविधिलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ।

    नेकपा एमालेले अन्य राजनीतिक दलहरुमा रहेका कार्यकर्तालाई एमालेमा समाहित गराउने तथा आम समुदायलाई पार्टीको पक्षमा लाग्न आव्हान गर्दै सबै वडाका टोल टोलमा कार्यक्रम शुरु भएको एमालेले जनाएको छ ।

     

    यसै सिलसिलामा आज पार्टी प्रचारलाई थप प्रभावकारी बनाउनका लागि टाेखा ३ को धनेश्वरमा नेकपा एमाले टाेखा वडा ३ को सम्पर्क कार्यलयको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको छ ।

    टाेखा वडा ३ को सम्पर्क कार्यालयको शुभारम्भ गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पर्क कार्यालय मार्फत वडाका सबै टोलमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाइने बताउनु भयो।

    कार्यक्रममा बाेल्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा सहज जीत हासिल गर्ने गरी पार्टीका गतिविधि अगाडि बढेको र जनताको समर्थन बढ्दै गएको बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय दिपक निरौला,टाेखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उप -प्रमुख ज्ञानमाया डंगोल तथा , नेकपा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै