• Jana Kura

    • 2021-12-20

    टाेखालाइभ डट कम / पौष ५,२०७८

    काठमाडौं /कीर्तिपुरको पाङ्गामा आयोजित आठौँ नेपालभाषा साहित्य तःमुँज्या तथा सांस्कृतिक कार्यक्रम एक समारोहका बिच आइतबार सम्पन्न भएको छ।

    आठौँ नेपालभाषा साहित्य तःमुँज्या तथा सांस्कृतिक कार्यक्रममा भएको कविता प्रतियोगितामा टाेखा नगरपालिका वडा २ निवासी रमेश डंगोल प्रथम भएको छ।

    नेपालभाषा साहित्य तःमुँज्याले आयोजना गरेको प्रतियोगितामा ‘हि क्वाना वइतिनी स्व:’- ‘ रगत तातेर आउछ हेर’ शीर्षकको उनको प्रतियोगी कविता थियो।

    सोही कविताले उनलाई प्रथम स्थान दिलाएको टाेखा कला पुचका काेषाध्यक्ष समेत रहेका रमेश डंगोलले जानकारी दिए।

    नेपालभाषा साहित्य तःमुँज्याको अध्यक्ष बासुदेव डंगोलको अध्यक्षतामा सम्पन्न भएको कविता प्रतियोगितमा २५ जना प्रतियोगीले सहभागिता जनाएका थिए ।

    कीर्तिपुरको पाङ्गामा यस अघि हरेक वर्ष धान्य पूर्णिमा (योमरी पुन्हि)को दिन साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै