• Jana Kura

  • 2021-08-04

 

टाेखालाइभ डट कम / श्रावण २०,२०७८

आजदेखि टाेखा नगरपालिकामा ३० वर्ष माथिकालाई काेभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ।

३० वर्ष भन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। टाेखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालका अनुसार टाेखा नगरपालिकाका ३ वटै खोप केन्द्र रहनेछन्। जसमा टाेखा चण्डेश्वरी अस्पताल टाेखा वडा २,तिलिङ्गटार मावी टाेखा वडा ७ र मनोहर मावी टाेखा वडा १० छन्

यस्तै,नगरपालिकाले भेरोसेल खोपको टाेखा चण्डेश्वरी प्रा.स्वा. केन्द्रमा सात सय ,तिलिङ्गटार माविमा सात सय, र मनोहर माविमा सात सय जनालाई खोप लगाइने संख्या पनि टाेकिएको छ।

खोप लगाउन अनलाइन दर्ताको लागि  https://vaccine.mohp.gov.np/मा log in गर्न सकिन्छ ।

टाेखा नगरपालिकाको सुचना :

तपाइँको प्रतिक्रिया

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै