• 2020-10-20

 

टाेखा लाइभ कार्तिक ४

काठमांडौंमा रगत अभाव हुन नदिन लायन्स क्लब अफ काठमाण्डाै आशिर्वादकाे आयाेजनामा र टोखा नगरपालिका वडा नं ७ को विशेष समन्वयमा खुल्ला रक्तदान कार्यक्रम संम्पन भएको छ ।

बढ्दो रगतको मागलाई परिपुर्तीका लागि आज कार्तिक ३ गते बसुन्धरामा खुल्ला रक्तदान कार्यक्रम गरीएको लायन्स क्लब अफ काठमाण्डौ आशिर्वादका अध्यक्ष लक्ष्मी थापा मगरले जानकारी दिनु भयो ।

उक्त बृहत रक्तदान कार्यक्रममा विभिन्न महानुभावहरुले रक्तदान गर्नु भएको थियो । विहान ९ बजेदेखी सुरु भई अपरान्ह १ बजेसम्म कार्यक्रम संन्चालन मा प्रमुख अतिथिका रूपमा नेपाल LCIFएरिया लिडर 325B1बालकृष्ण बुर्लाकोटि ज्यु , टोखा नगर वडा नं ७ का वडा प्रमुख नरोत्तम राना , डिस्ट्रिक्ट गवर्नर मनु बा.रोका , रिजन चियर पर्सन डिस्टिक 325B1
नेपालका राजु बाबु श्रेष्ठ लगाएतको उपस्थितीमा प्रमुख अतिथिबाट विशेष धन्यवाद ज्ञापन गर्नु हुदै बाग्मती क्षेत्र विशेष 530 अन्तरगत रहेको संस्था मार्फत पन्ध्र हजार पाउन्ड रगत संकलन साथै काठमाण्डौ र पोखरा बाट बार्ह हजार पाउन्ड रगत सहित प्लाज्मा डोनेसन गरेको जानकारी दिदै, विषम परिस्थितिमा आयोजकको सकृयतालाई हार्दिक आभार प्रकट गर्नुभयो।

” रक्तदान जीवन दान ” लायन्स क्लब अफ काठमाण्डाै आशिर्वादकाे , आयाेजनामा टोखा नगरपालिका वडा नं ७ को बिषेस समन्वयमा बृहत रक्तदान कार्यक्रममा जानकारी दिदै स्थानीय समाजसेवी एवं  लायन्स क्लब अफ काठमाण्डौ आशिर्वाद, का अध्यक्ष श्रीमती लक्ष्मी थापा मगरले कोभिड १९ मंहामारी संक्रमण बिरुद्धमा निरन्तर सहयोग गर्दै रगतको अभाव हुन नदिन विगत देखी यस्ता थुप्रै सामाजिक सेवामा सकृय रहदैै आएको  बताउदै लायन्स क्लब अफ काठमाण्डौ आशिर्वादको दोस्रो पटक यस क्षेत्रमा रक्तदान कार्यक्रम गरेको जानकारी दिदै रक्तदान कार्यक्रममा सहभागी रक्तदान गर्ने महानुभावहरु लाई प्रशंसा पत्र प्रदान गर्दै नगर वडाबासी संम्पुर्ण सहयोगी मनहरूमा रक्तदान जिवन दान पुण्य कार्य मा सहभागी हुनु हुने संम्पुर्णमा आभार व्यक्त गर्दै सहयोगी संघ संस्था टोखा न.पा वडा नं ७ का प्रतिनिधी बसुन्धारा आबद्ध संघ संस्था सुरक्षा कर्मी पत्रकार लगायतमा कार्यक्रम सफल गर्न सहयोगी मन हरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो। कोरोनाको संक्रमण मंहामारि बिचमा पनी हाल सम्म   गरि ५औं पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेको जानकारी दिदै टोखा नगरपालिकामा दिनप्रति रगतको माग बढ्दै गएको कारण जुलाई 1st देखी रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष लक्ष्मी थापा मगरले बताउनु भयो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै