• 2020-08-30

    सुरेन श्रेष्ठ / साेनी डंगोल

    टाेखा लाइभ ,भाद्र १४ काठमाडौं
    हाल दिनानुदिन बढ्दै गइरहेको कोभिड-१९ को संक्रमणबाट बच्न र बचाउन विभिन्न सावधानी अपनाउन नेपाल सरकार ,स्थानीय सरकार र सामाजिक अभियन्ताहरु रातदिन लागिरहेका छ्न। कोरोना संक्रमित बढ्न थालेपछि सरकार,स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेको अवस्था छ। काेभिड-१९ बढ्दै गर्दा टाेखा नगरपालिका वडा ४ का धापासी गणेश युवा क्लबद्वारा आज कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि जनचेतना मुलुक सचेतना कार्यक्रम अभियान थालेको छ।

    धापासी गणेश युवा क्लबका सक्रिय युवाहरूले आज टाेखा ४ का विभिन्न ठाँउहरुमा ,टाेल, पसलपसल र अन्य भीडभाड हुने ठाउँमा पर्चाहरु वितरण गर्दै” stay home ,stay safe ” टास्दै क्लवका युवाहरु ईकरम श्रेष्ठ , प्रमाेद श्रेष्ठ , असाेक श्रेष्ठ , अम्बर श्रेष्ठ र रामकुमार श्रेष्ठ लगायत क्लबले काेभिड-१९ विरुद्ध सचेतना जगाउदै कार्यक्रम अभियान थालेको क्लबका पदाधिकारी प्रमोद श्रेष्ठले बताउनु भयो।

    साथै सो अभियानमा “माक्स, लगाअाैँ सुरक्षित हाेअाैँ” नाराका साथ अगाडि बढिरहेको धापासी गणेश युवा क्लवले काेराेनाकाे उच्च जोखिम बढ्दै गएको र साथै यस महामारी परिस्थितिमा स्वास्थ्य मन्त्रालयले जारी गरेको नियमहरु पालना गर्नु हुन सबैसंग आग्रह गरेकाे क्लवले बताएको छ।धापासी गणेश युवा क्लबले यस अघि विभिन्न खेलकुद गतिविधिहरुको आयोजना गर्नुको साथै सामाजिक क्रियाकलापमा पनि सक्रिय भुमिका खेल्दै आइरहेको छ।

    ( सुरेन श्रेष्ठ / साेनी डंगोल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै