• 2020-08-18

    सोनी डंगोल/ सुरेन श्रेष्ठ

    टाेखा लाइभ, भाद्र २ , काठमाडौं

    काठमाडौं अन्तर्गत टाेखा नगरपालिका वडा नं ३ स्थित भन्चाे पालिख्य टाेलमा मिति २०७७/४/२५ गतेकाे अविरल भारी वर्षाका कारण विष्णुमति खाेलामा वाढी आई त्यहाँका टाेल वासिन्दाहरु डुवानमा पर्नुकाे साथै स्थानिय वासिन्दाकाे लगानीमा निर्माण भएकाे कोरिडाेरकाे बाटाेमा समेत क्षतविक्षत भई यातायात आवतजावत कठिनाई भै बाटो पुर्णरूपमा अवरुद्ध भएको छ।

    सर्वसाधारणलाई हिड्न बाधा भएको र बिजुलीको पाेल समेत ढल्न लागेकाेले बाग्मती प्रदेशका माननीय सांसद दिपक निराैला, टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी उपप्रमुख ज्ञानमाया डंगाेल, वाग्मती विकास कार्यालयका प्रमुख लिला प्रसाद ढकाल, इन्जीनियर श्री कमल अर्याल र स्थानीय समाज सेवी एवं भद्व भलादमीहरु समेतकाे उपस्थितिमा क्षति भएका सो ठाउँको प्रत्यक्ष फिल्ड निरिक्षण गर्नु भएको छ।

    उक्त विष्णुमति खाेलाले क्षति पुगेका ठाउँहरुमा तत्कालकाे लागी बाग्मती सभ्यता विकास कार्यालयबाट आवश्यक बजेट विनियोजन गर्ने र डिपिआर समेत तयार भइसकेकाले उक्त डिपीआरलाई असर नपर्ने गरि कार्य शुरु गर्ने कार्यलयका प्रमुख लिला प्रसाद ढकालले वचन दिनुभएको छ।

    विष्णुमति खाेलाकाे वहाव अनुसार खाेला हिड्ने बाटाेकाे मापडण्ड र कोरिडाेरकाे मापडण्ड स्थानिय सर्वदलिय भेला गरी तय गर्ने र निर्माण कमिटी गठन गरि कोरिडोरकाे बाटाेलाई पुर्णता दिनकाे लागी टाेखा नगरपालिकाबाट समेत आवश्यक वजेट विनियाेजन गर्ने नगरप्रमुख श्री प्रकाश अधिकारी र उप प्रमुख श्री ज्ञानमाया डंगोलले वचन दिनु भयो ।

    विष्णुमति खाेलाकाे किनारकाे कोरिडाेर सम्बन्धमा डिपिआर तयार भई सकेकाेले केन्द्रीय सरकारबाट पनि आवश्यक वजेट विनियोजनकाे लागि आवश्यक पहल आफुले गर्ने र स्थानिय जनताहरुबाट पनि आवश्यक सहयाेग भएमा अझ चाँडै नै उक्त कोरिडोरकाे बाटाे तयार हुने वाग्मती प्रदेश माननीय सांसद दिपक निराैलाले बिश्वास दिलाउनु भएकाे छ।

    ( सोनी डंगोल र सुरेन श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी हुन् )

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै