• 2020-08-18

टोखा लाईभ / नविना श्रेष्ठ

भाद्र २,२०७७ काठमाण्डौ।

टोखाबाट भिल्लिटार हुँदै झोर महांकाल जाने बैकल्पिक बाटो पहिरोले थप्प भएपछि टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपकराज जोशी, वडा सदस्य हरु हेराकाजि डंगोल, पञ्च कुमारी श्रेष्ठ, प्रेम कृष्ण खड्गी र टो. न. पा का प्राविधिक प्रमुख पूजा सिंह, उषा शाह लगायत श्री भगवती क्लबका पूर्व अध्यक्ष राजकाजी श्रेष्ठ र क्लबका सदस्य पञ्चलाल डंगोल समेतको टोलीले बाटोको फिल्ड निरीक्षण गरेको वडा अध्यक्षले जानकारी दिनुभयो।

टोखाबाट भिल्लीटार हुँदै झोर महांकाल जाने मुख्य बाटो मालुङ्गामा पहिलो गई बाटो अवरोध भए प्रश्चत सपनातिर्थ फैडोलबाट झोर महांकाल जाने कच्ची बाटो सुचारु गरी प्रयोगमा ल्याएकोमा अविरल वर्षाका कारण सडक निर्माण कार्य अघि बढ्न नसकेको अध्यक्षले जानकारी दिनुभएको छ।


साथै निवाकोट रसुवा जिल्ला बाट आउने ठुल्लला गाडीहरुको समेत आवतजावतको कारणले गर्दा बाटो धेरै हिलो भई सवारी साधन तथा सर्वसाधाणलाई आवत जावत गर्न पनि निक्कै कठिनाई भएको वडा सदस्य हेराकजी डंगोल बताउनु भयो।

प्राबिधिक टोली र वडा अध्यक्ष लगायत वडा सदस्यहरुको टिम समेत गई टो. न. पा कार्यपालिका सँग समन्वय गरी हिमपाई राखेर समस्या समाधानको पहल गर्ने टाेखा नगरपालिका वडा नं २ अध्यक्ष दिपकराज जोशीले टोखा लाईभलाई जानकारी दिनुभएको छ।

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै