• 2023-07-24

श्रावण ८,२०८०/टाेखा परम्परागत चाकु संरक्षण समाजसंग आइतबार टाेखामा काठमाडौं क्षेत्र न.५ का माननीय सासंद प्रदिप पाैडेलले भेटघाट गरेका छन् ।टाेखा परम्परागत चाकु संरक्षण समाज र सासंद प्रदिप पौडेल बिचको भेटमा व्यवसायीको हकहित , चाकु ब्यापार सम्बंधी विभिन्न बिषयहरुमा महत्त्वपूर्ण छलफल भएको टाेखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए ।छलफलमा चाकुको स्तम्भ बनाउने बारे ,चाकु प्रयोगशाला[ ल्याब ],चाकुको गुणस्तर बिषयमा ,चाकुको ब्रान्डिङ गर्ने बिषयमा,कच्चा प्रदार्थ बनाउने ठाउँ निगरानी,चाकु स्मारिका ०७८ बिषयमा छलफल भएको हो। त्यस्तै छलफलमा चाकु लेबलिङ गर्ने ,राेजगार,बैकिङ ऋृण, प्रदिपजीले बैकिङ,ब्रान्डिङ,ल्याबबारे उहाले जिम्मा लिएर अगाडि जाने निर्णय गर्नुभएकाे समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताए।

भेटमा टाेखा परम्परागत चाकु सरक्षण समाज पदाधिकारिहरु अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ ,उपाध्यक्ष बुद्व श्रेष्ठ,महासचिब रामराज श्रेष्ठ ,सचिब राज भाइ श्रेष्ठ ,काेषाध्यक्ष सक्कली श्रेष्ठ ,सदस्यहरु: बाबुराज श्रेष्ठ ,हंसराज श्रेष्ठ ,फुलप्रसाद श्रेष्ठ ,अमर श्रेष्ठ ,राजकाजि श्रेष्ठ ,सराेज श्रेष्ठ ,राजु श्रेष्ठ ,ज्ञानेश्वर श्रेष्ठ ,कृष्ण बा.श्रेष्ठ , अष्ट कुमार श्रेष्ठ ( नेपाली काग्रेस सभापति) दुर्गा श्रेष्ठ , सन्तमाया श्रेष्ठ ,अमर श्रेष्ठ ,गंगा श्रेष्ठ लागायतकाे सहभागी थिए।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै