• 2023-02-23

टोखालाइभ डट कम। नविना श्रेष्ठ

 फाल्गुण १०,२०७९

टोखामा रहेको नेपालभाषा क्लब र नेवा: ग्वाहालीले हिजो अन्तर्राष्ट्रिय मातृभाषा फागुन ९ गते टाेखा न.पा. २ र ३ नं वडा “मांभाषं आख: ब्वनेगु अधिकार सुनिश्चित या” , “मातृभाषा दिवसया भिन्तुना”, “भाषा म्वाःसा झीगु म्हसिका म्वाइ”, भन्ने नारा लगाउँदै टोखा बजार परिक्रमा गरेको थियो। बजार परिक्रमापछि टाेखा न.पा २ नं वडास्थित गणेश पाेखरीको प्राङ्गणमा काेणसभा परिणत भएको हो। साे कार्यक्रममा नेपालभाषा अभियन्ता एवम् सुकुन्दा साहित्य पा: ला: अध्यक्ष प्रशान्त डंगोलले मातृभाषाकाे महत्त्व र आवस्यकता बारे प्रस्त पार्दै नेपालभाषा अभियान सुरु २०७३ साल कीर्तिपुरकाे ह्वाकुंचा टाेलबाट भएको बताए। रत्न राज्य लक्ष्मी क्याम्पसमा २०७४/१२/१४ गते स्नातक तहमा नेपालभाषा पुन: स्थापना गर्न सफल भएको जानकारी दिए। २०७६ साल देखि स्नातकोत्तर तहमा नेपाल भाषाकाे नयाँ बिषय स्थापना गर्ने अभियान संचालन गरेकाे र २०७८ कार्तिक २६ गते काठमाडौं महानगरसँगकाे सहकार्यमा स्नातकोत्तर तहमा नेपालभाषाकाे नयाँ बिषय भित्र्याउन सफल भएको बताउनुभयो।सुकुन्दा पा:ला: २० बर्ष पछि पुन:गठन गरेर सुकुन्दा प्रकासन गरेकाे अध्यक्ष डंगोलले जानकारी दिनुभयो।

अबकाे अभियान नेवा: विश्वविद्यालय स्थापना गर्ने दिशातिर लम्किरहेकाे र साे अभियान नेपालभाषाहरुकाे अस्तित्व रक्षासँग जाेडिएकाे हुनाले सम्पुर्ण नेपालभाषाहरुमा साे अभियान सार्थक पार्न सहयाेगका लागि अपिल गर्नुभएको छ। आदिवासी नेवा राजनितिक अभियानका अध्यक्ष श्री कृष्ण मानन्धरले मातृभाषा अभियानकाे थालनीकाे इतिहास भएको बताए । मातृभाषा कसरी रहिरहेको छ? कहाँ बाट मातृभाषा दिवस मनाउने सुरु भएको हो, मातृभाषाको महत्त्वको बारेमा प्रकाश पार्नु भएको थियो। मातृभाषाको कारणले पाकिस्तानबाट टुक्रिएर बङ्गालादेश भाषाकै कारणले जन्मेको इतिहास बताउनुभएको थियो। त्यसपछि २१ फेब्रुअरीमा संसार भरि नै मातृभाषा दिवस मनाउँदै आएको जानकारी दिनुभयो। अहिले सम्मको भाषाहरुमा १२३ वटा मातृभाषाहरु रहेको आदिवासी नेवा राजनितिक अभिनयका अध्यक्ष श्री कृष्ण मानन्धरले बताए।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै