• 2022-05-04

टाेखालाइभ संवाददाता

काठमाडौं ,वैशाख २१,२०७९

यही वैशाख ३० हुनलागेको स्थानीय तहको निर्वाचनमा
टोखा नगरपालिका वडा ७ मा नेकपा एमालेबाट अत्याधिक बहुमतका साथ विजय प्राप्त गर्ने उद्घोष गरेको छ।

टाेखा नगरपालिका वडा ७ को नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका पुर्व वडा अध्यक्ष समेत रहनु भएका नरोत्तम रानाले आफू र आफ्नो समुहको उमेद्वारीबारे जानकारी गराउदै बैशाख १५ गते बाट सुरू गरेको घरदैलो कार्यक्रममा निर्वतमान वडा अध्यक्ष रानाले आफ्नो समुहको चुनाव जित सुनिस्चित भएको बताएका छन् ।

आईतवार पत्रकारहरुसंगको भेटघाटमा निबर्तमान वडा अध्यक्ष को रुपमा समेत रहेका अध्यक्ष रानाले २०७४ सालको स्थानीय आम निर्वाचनमा टोखा न पा वडा नं ७ का जननिर्वाचित प्रतिनिधि को रुपमा अत्याधिक मतले विजय भई टोखा नगर कै उदाहरणणीय उत्कृष्ट वडा बनाउन सफल भएको उहाँले बताएका थिए । उनले पत्रकार संग कुराकानीमा आफ्नो कार्यकाल टाेखा वडा ७ मा विकास निर्माणको क्षेत्रमा ८५ % विकास निर्माण कार्य संम्पन गर्न सफल भएको दाबी गर्दै शुभेच्छा प्राप्त गर्न पाउदा थप सकृयता पुर्बक आफ्नो कार्यकाल मा बाकी भएको कामलाई अझै ससक्त ढङ्गले जनसेवामा समर्पीत हुन साथै वडालाई समृद्ध वडा वनाउने संकल्पका साथ आफ्नो वडा समुहको उम्मेदवारी दिदै अघि बढेको बताउनुभयो ।

अन्य वडाको तुलनामा आफ्नो वडालाई अब सामाजिक बिकास ,सामुदायिक विद्यालय शैक्षिक गुणस्तर, स्वास्थ, शिक्षा, खानेपानी ,उत्पादन र रोजगारीको क्षेत्र युवा महिला लछित कार्यक्रम , जेष्ठ नागरिक ,एकल महिला, दलित जनजाति ,अपाङ्ग लछित कार्यक्रम, लछित बर्गलाई पारदर्शी ढंगले उठान गर्ने, कृषि, आईटी लगायतका क्षेत्रमा उत्पादन र रोजगारी सृजना गर्नको लागी नेकपा एमालेबाट राजनीतिमा सक्रिय रहदै आफुले नेतृत्व दाबी गरेको जानकारी दिए ।

निर्वाचनमा होमिएको सुर्य धोजा बाहक चिन्न मार्फत मत माग्दै” सात सुर्य सात छाप नेकपा एमाले जिन्दावाद” मुल नारा सहित
” संबृद्ध नेपाल सुखी नेपाली”
“सुसासन, विकास र संवृद्धि समाजवाद को आधार ”
नेकपा एमाले जिन्दावाद !!
” विकास र समृद्धिको लागि सुर्य चिन्नमा मतदान गरै “भन्ने मुल नाराका साथ घर दैलो प्रचारप्रसार मा सकृय सहभागी रहदै आफ्नो टिमका सबै सदस्य असल र ईमानदार रहेकोले पनि चुनावमा विजय हासिल गर्न सहज हुने उनको भनाइ रहेकोे छ।

टाेखा नगरपालिका वडा ७ नेकपा एमालेबाट उम्मेदवार वडा अध्यक्ष नरोत्तम राना संगै सदस्यमा गोपी कृष्ण पाठक, खुला महिला सदस्य सपना राना,वडा सदस्य मचाबाबु महर्जन,दलित महिला सदस्यमा सायरा परियारको समुह अत्यन्तै मेहनती र क्रियाशिल युवाहरू भएकोले वडाबासीसंग समन्वय गर्न र अपार शुभेच्छा आशिर्बाद पाइरहेको कारण, प्रचारप्रसार गर्न सहज भएको बताउदै फेरी एक पटक पनि निर्वाचित हुनेमा बिश्वस्त रहेको रानाले बताए।

घरदैलो कार्यक्रमबाट थप हौसला मिलेको बताउदै रानाले घरदैलो कार्यक्रम अन्तर्गत सबैको घरघरमा पुग्दा सबै वडाबासीले हार्दिकता पूर्वक स्वागत गर्दै आफ्नो घर परिवारको अमूल्य भोट दिने प्रतिबद्धता जनाएको पनि रानाले बताएका छन्। सबैलाई समेटेर लानसक्ने क्षमता आफू तथा टिमसंग भएकोले उनी चुनाव जित्ने दाबी गरे ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै