• Jana Kura

    • 2026-01-19

    काठमाडौँ, ५ माघ / युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीका कारण उहाँले पदबाट हट्नुभयो।
    उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु। इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाइसकेको छु।” प्रधानमन्त्रीलाई टेलिफोनमार्फत पनि जानकारी गराइएको उहाँले बताउनुभयो।
    जेनजी आन्दोलनपछिको सरकारले मन्त्री गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको थियो। उहाँ वर्तमान सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै आउनुभएको थियो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै