• Jana Kura

    • 2026-01-19

    काठमाडौँ, ५ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
    अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भन्नुभयो, “आज तामाङ समुदायको नयाँ वर्षको दिन हो। हिमालको काखमा जन्मिएको हाम्रो बहुसंस्कृतिले यस्ता धेरै पर्वको उज्यालो दिएको छ र हामीलाई आपसी एकतामा रहन सिकाएको छ।”
    उहाँले तामाङ समुदायको जीवनदर्शन, भाषा, वेषभूषा, नृत्य र सङ्गीतको सौन्दर्य सोनाम ल्होछार पर्वमार्फत झल्किने उल्लेख गर्नुभयो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै