वाशिङ्गटन डिसी (अमेरिका), ७ कात्तिकः नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युजमेसिन्स (Fusemachines) ले अमेरिकाको प्रतिष्ठित नास्डाक स्टक एक्सचेञ्ज मा बिहीबारदेखि आधिकारिक रूपमा कारोबार सुरु गरेको छ।
कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) क्षेत्रमा काम गर्ने यस कम्पनीको स्थापना डा. समीर मास्के ले गर्नुभएको हो। कम्पनीले दुई वर्षअघि गरेको ‘मर्जर’ (CSLM Acquisition Company सँगको साझेदारी) प्रक्रिया पूरा भएसँगै अब ‘FUZ’ नामबाट नास्डाकमा सूचीकरण भई कारोबार सुरु भएको हो।
डा. मास्केले बताउनुभयो, “सानो टोलीबाट सुरु गरिएको हाम्रो सपना आज विश्वकै प्रमुख पुँजी बजारमा सूचीकरण हुँदै ठूलो उपलब्धिमा रूपान्तरित भएको छ। यो हाम्रो नवप्रवर्तन र विश्वासको परिणाम हो, जसले आगामी दिनमा अझ ठूलो सम्भावना देखाएको छ।”
विश्वको प्रमुख वित्तीय बजारमा सूचीकृत हुन पाउनु नेपाली उद्यमशीलताको ठूलो उपलब्धि भएको उनले जनाउनुभयो। कम्पनीमा हाल करिब ३५० जना कर्मचारी कार्यरत छन्, जसमा २६० जना नेपालमै काम गरिरहेका छन्।
नास्डाकले पनि विज्ञप्ति जारी गर्दै CSLM Acquisition Company र Fusemachines Inc. बीचको मर्जर प्रक्रिया पूरा भएको र बिहीबारदेखि नास्डाक बजारमा कारोबार सुरु भएको जानकारी दिएको छ। यससँगै नेपाली उद्यमीले विश्व बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाएका छन् भने विश्वभरका लगानीकर्ताका लागि नयाँ अवसर पनि सिर्जना भएको छ।
कम्पनीको नेतृत्व टोली: