• 2022-03-23

टाेखालाइभ डट कम/चैत्र ९,२०७८

टाेखा नगरपालिका वडा ३ र बुढानिलकण्ठ नगरपालिका वडा ४ को सिमाना बिष्णुमति पुलमा नजिक घरभाडामा बस्ने बासुदेव थापा नाम गरेका वर्ष ५३ वर्षको तनहुँ मनपाङ्ग गाविस वडा २ का स्थानीय बासिन्दाले वैदेशिक रोजगारमा बिदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा आज पक्राउ परेका छन्।

थापाले वैदेशिक रोजगार पठाइदिन्छु भन्दै ठगी गरेको पीडितहरुले बताएका छन्।

पीडितहरुका अनुसार यी व्यक्तिले बिदेश पठाइदिन्छु भन्दै पैसा खादै ९२ लाख रुपैया ठगी गरेको पीडितहरुले बताएका छन् । आज टाेखा नगरपालिका वडा ३ स्थित बिष्णुमति पुलबाट पीडित र टाेखा नगरपालिकाका स्थानीयवासीको उजुरीको आधारमा सामाखुसी स्थित न्युएसओएस म्यानपावरका बताउने निज थापालाई बुढानिलकण्ठ नगरीय प्रहरी प्रभागको टाेलीले पक्राउ गरेको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै