• Jana Kura

  • 2021-03-01

टाेखालाइभ डट कम / फागुन १७

टाेखाका स्थानीय नव उदियमान गायक तथा रचनाकार किरण श्रेष्ठको ‘ग्याय् म्वा माँ’ बोलको नेपालभाषाको नयाँ र्‍याप गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।
उनले यसअघि आफ्नै स्वरमा कोरोना नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

गायक किरणले यो गितमार्फत जतिसुकै दुःख कष्ट सहेरै बसिरहने आमामा समिर्पित गरेर दु:खमा
हुर्काएकी आफ्नी आमालाई सन्तानले आमाको हौसला सान्तोना दिनुपर्ने र आमालाई छोडेर कहिँ कतै नजाने उद्घोष गर्दै भविष्यमा उनको सधैं सहारा बन्ने भाव प्रकट गर्दै गितद्वारा प्रस्तुत गरेका छन् ।

‘ग्याय् म्वा माँ’ गितमा मा गायक किरण श्रेष्ठ लगायत
सरिता र आकाश श्रेष्ठले अभिनय गरेका छन्

गीतमा शब्द स्वयम् गायक श्रेष्ठकै रहेको छ भने बिजय कुमार श्रेष्ठ (बिज्यम्स)ले संगीत र सम्पादन गरेको छ। भिडियोलाई निर्देशन, छाँयाङ्कन  किरण श्रेष्ठले गरेका छन् ।
गीतको भिडियोमा टाेखा गेट लगायत स्थानीय चोक गल्ली देख्न सकिन्छ। ‘ग्याय् म्वा माँ’ गितलाई बिन्ध्यावासिनी सेकेन्डरी स्कुल टाेखा र कुमारी अर्गानिक रेस्टुरेन्टले स्पोन्सर गरेको यो गितको म्युजिक भिडियोलाई फिप्टिन टि फिल्मस् ले निर्माण गरेको छ।

गितको म्युजिक भिडियो हेर्न Click गर्नुहोस् :-

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै