• Jana Kura

  • 2020-10-27

२०७७ कार्तिक ११, मंगलवार

एजेन्सी । इतिहासमै सबैभन्दा धैरै विवादित भनिएको सुनुवाईपछि अमेरिकी सिनेटले न्यायाधीशमा एमी कोनी ब्यारेटलाई सर्वोच्चअदालतको न्याधीशका लागि अनुमोदन गरेका छन् ।

राष्ट्रपति निर्वाचन हुनु केही दिन अघि मात्र डोनाल्ड ट्रम्पले सिफारिस गरेकाले विपक्षी डेमोक्र्याटले यसको बैधतामा प्रश्न उठाउॅदै मतदान भाग लिएनन् ।

राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनले ५२–४८ मतमार्फत ब्यारेटलाई न्यायाधीश नियुक्तिका लागि अनुमति दिएका हुन् । ४८ वर्षीयाब्यारेटलाई ह्‌वाइट हाउसमा प्रधानन्यायाधीश जोन रोबर्टले शपथ ग्रहण गराउने छन् ।

राष्ट्रपति ट्रम्पले आफिनो कार्यकालमा नियुक्ति गरिएको ब्यारेट तेस्रो न्यायाधीश हुन् । सन् २०१७ मा निल गोरसच र सन् २०१८ मा ब्रेटकाभानुग न्यायाधीश नियुक्त भएका थिए ।

एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको स्पष्ट बहुमत हुनेछ ।

एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्तिका लागि मनोनित गरेका थिए ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै