❝ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा ७ देशका नेता सहभागी हुने ❞
2024-06-09
काठमाडौँ, २७ जेठ : आज नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा छिमेकी मुलुकका धेरै नेता सहभागी हुनेछन् । मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका छन् । यो समारोह आज साँझ ७ः१५ बजे राष्ट्रपति भवनमा हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार धेरै नेताहरु निमन्त्रणा स्वीकार गरी समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली पुगेका छन् ।आज भारतका लागि निकै ऐतिहासिक दिन हो । नरेन्द्र दामोदर मोदीले ९ जुन, २०२४को साँझ ७ः१५ बजे लगातार तेस्रो पटक देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन्। यस विशेष सपथ ग्रहण समारोहमा देशका प्रतिष्ठित नेता मात्र नभएर भारतका छिमेकी राष्ट्रका नेताहरुको पनि उपस्थिति रहनेछ ।
नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन भारतले यी ७ देशका नेताहरूलाई निम्तो दिएको छ ।यो समारोह आज साँझ ७.१५ बजे राष्ट्रपति भवनमा हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार धेरै नेताहरूले निमन्त्रणा स्वीकार गरिसकेका छन् र समारोहमा भाग लिन आइतबार नयाँ दिल्ली जानेछन्। बंगलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ,नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’दिल्ली पुगेका छन् ।
सपथ ग्रहण समारोहमा यी ७ देशका नेता सहभागी हुनेछन्।
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे
माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जु
सेशेल्सका उप-राष्ट्रपति अहमद अफिफ
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना
प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे छन्।