• Jana Kura

    • 2021-07-06

    टाेखालाइभ /असार २२,२०७८
    एजेन्सी /ब्राजिल कोपा अमेरिकी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा लुकास पक्वेटाको निर्णायक गोल मद्दतमा पेरुलाई १–०ले हराउँदै डिफेन्डिङ च्याम्पियन ब्राजिल ४७औं संस्करणको कोपा अमेरिकाको फाइनलमा पुगेको हो।

    खेलको एक मात्र गोल लुकास पाक्वेलाले ३५ औं मिनेटमा नेयमारले ३ जना डिफेन्डिरलाई छलाउँदै निकालेको  उत्कृष्ट  पासलाई सदुपयोग गर्दै पक्वेटाले गोल गरेका हुन् । जारी प्रतियोगितामा पक्वेटाले लगातार दाेस्रो खेलमा गरेको निर्णायक गोल संगै ब्राजिल फाइनलमा पुगेको हो।
    अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना र कोलम्बियाको बिजेता विरुद्ध  भिड्नेछन् । पेरु गत सिजनको फाइनलिस्ट हो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै