• Jana Kura

    • 2021-01-17

    टोखा लाइभ ।२०७७ माघ ४ गते

    काठमाडौं। दशजना नेपाली आरोहीले विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफलतापूर्वक आरोहण गरेका छन्। पाकिस्तानमा रहेको केटु हिमाल नेपाली आरोहीले हिँउदे सिजनमा आरोहण गरेर इतिहास बनाएका छन्।

    हालसम्म हिँउदे सिजनमा केटु हिमाल कसैले पनि आरोहण गर्न सकेको थिएन। शनिबार नेपालीले सो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

    केटु आरोहण गर्नेहरुमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा रहेका छन्।

    विभिन्न तीन् एक्सिपिडिसन टीमका उनीहरुले एकै पटक हिमालको चुचुरोमा नेपाली भण्डा फहराएका हुन्।

    नेपालको सगरमाथाको उँचाई ८८४८.८६ मिटर छ भने पाकिस्तानस्थित केटुको उँचाई ८६११ मिटर छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै