• 2021-01-02

    टाेखा लाइभशोभा तामाङ  पुस १८ ,२०७७

     टोखा नगरपालिका वडा नं. ५ मा रहेको श्रीसमाज भवन नजिक श्रीमार्ग सडकमा ढलको पाइप र मंगाल राख्ने काम सुरु भएको छ । श्रीमार्गको पारिजातबाट सरोज शर्माको घरसम्म करिव ६०० मिटर लम्बाई र चौडाई ५÷६ मिटरको बाटोमा ढल निकासको निमित्त नयाँ पाइप र मंगाल निर्माण कार्य तिर्ब गतिमा भइरहेको छ ।

    ढल निकासमा समस्या आएपछि उक्त स्थानमा पाइप फेर्नु परेको वडा नं. ५ का अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो।

     

    टोखा नगरपालिकाको बजेटमा उक्त आयोजना सम्पन्न हुन लागेको हो। यस आयोजनाको सम्झौता रकम ४५ लाख रहेको छ भने यसको निर्माण कार्य केही दिनभित्रै सम्पन्न भर्इ ढल निकासको व्यवस्थालाई सहज बनाइने योजना रहेको वडाअध्यक्ष ढकालले बताउनुभयो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै