• 2020-09-22

    facebook sharing button
    twitter sharing button
    pinterest sharing button
    email sharing button
    sharethis sharing button

    टाेखा लाइभ असोज ६ काठमाडौं,

    तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ। संक्रमित मध्यै सबैभन्दा बढी मनमैजु–१० मा रहेका छन्। उक्त वडामा ९६ जना संक्रमित रहेको नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

    त्यसैगरी, साङ्ला–१ मा १२, काभ्रेस्थली –२ मा १५, जितपुरफेदी–३ मा ७, गोलढुंगा–४ मा ३२, गोलढुंगा–५ मा ३६, धर्मस्थली–६ मा २४, फुटुङ–७ मा १२, मनमैजु–८ मा ३७, मनमैजु–९ मा ४२ र नेपालटार ११ मा ५४ जना कोरोनामा कोरोना संक्रमण फैलिएको छ।

    संक्रमितमध्ये १ सय ४८जना होम आइसालेसन, १० जना अस्पताल आइसोलेसन, २३ जना कोभिड सेन्टर, ३ जना होटल आइसोलेसनमा रहेका छन्। नगरमा हालसम्म १ सय ८० जना निको भएका छन्।

    सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८५ जना पुगेको छ। हालसम्म नगरका १२ सय ८५ जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय २५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ। -तारकेश्ववर अनलाइनबाट

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै