• Jana Kura

    • 2020-09-02

    • अमृता नेपाली

    ताप्लेजुङ ।ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा न १० फुरुम्बुमा मङ्गलबार परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ।फुरुम्बु मयाम निबासी लोकेन्द्र भट्टराईको ३० वर्षकी श्रीमती दुर्गा बिष्ट भट्टराईको ज्यान गएको हो।


    मंगलबार अपरान्ह चट्याङले हानेपछि भट्टराईलाई अचेत अवस्थामा उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो ।

    अस्पताल पुर्याउन साथ डाक्टरले भट्टराईलाई मृत घोषणा गरेका हुन।
    अहिले भट्टराईको शवलाई जिल्ला अस्पताल ताप्लेजुङको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ।


    जिल्लाकै सिरिजङ्घा गाउँपालिका वडा न ४ तेल्लोकमा पनि मंगलबार नै परेको चट्याङ लागेर तेल्लोकका २ र पेदाङ्का ३ गरि ५ जना सामान्य घाइते भएका छ्न।

    घाइतेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी प्रमुख श्रेष्ठले बताउनु भएको छ ।तेल्लोक स्थित पेल्ट्रीक सेट्को पावर हाउस र स्थानीय रामकुमार थेबे र राजकुमार थेबेको अलैंची बगानमा चट्याङले हानेको थियो ।

    पेल्ट्रीक सेटको पावर हाउस भित्र बसेको अबस्थामा चट्याङ लागेका स्थानीय ३५ वर्षिय कुमार थेबे सामान्य घाइते भएको डिएसपी श्रेष्ठको भनाइ छ।सोही ठाँउ निवासी १७ वर्षिय उमेस थेबे सिरिजङघा गाउँपालिका वडा ण ५ पेदाङका ५० वर्षिय अर्थमान माबो श्रीमती ४९ वर्षिय नरमाया माबो र ६ वर्षिय छोरा अतिप माबो सामान्य घाइते भएका छन।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै