ललितपुर, १२ असार । ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं ४ मा चारदिने पुन: प्रयाेग गर्न मिल्ने प्याड बनाउने तालिम सम्पन्न भएकाे छ । ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं ४ काे आयाेजना तथा एक्सपाेज नेपालकाे समन्वयमा चवालीस जना महिला दिदि बहिनीहरूलाइ चारदिने पुन: प्रयाेग गर्न मिल्ने प्याड बनाउने तालिम दिइकाे हाे । ललितपुरकाे महालक्ष्मी नगरपालिकामा रहेकाे महेन्द्र आदर्श माध्यामिक विद्यालयमा सञ्चालन गरिएकाे उक्त पुन: प्रयाेग गर्न मिल्ने प्याड तालिम प्रशिक्षक सृजना कपाली र ज्ञानी महर्जनले दिनुभएकाे थियाे ।