• 2023-09-17

काठमाडौं : भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो । योसँगै भारत आठौं पटक एसिया कप जित्न सफल भएको छ । भारतका लागि ईशान किसन र शुभमन गिलले ओपनिङ गरेका थिए ।आइतबार कोलम्बोको आर प्रेमदासा रंगशालामा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले जितका लागि दिएको ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । त्यसअघि श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो ।

श्रीलंकाको यो एकदिवसीय अन्तर्राष्ट्रियको दोस्रो कम योगफल हो । श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । श्रीलंकाले ५.४ ओभरमा १२ रन बनाउँदा नै ६ विकेट गुमाएको थियो । १३ ओभरमा ८ विकेट गुमाउँदा ४० रन बनाएको श्रीलंकाले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।यो ।

भारतका लागि शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे ।ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए । सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । हार्दिकले २.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए । कुदलिप यदवले १ ओभरमा १ रन मात्र दिए । सुपर फोर चरणमा पनि भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो । यसअघि भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै