• Jana Kura

    • 2023-04-06

    टोखी लाइभ। २३ चैत्र २०७९

    काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको बाकस खोलेको बताएका छन्।

    ‘विदेशबाट शव ल्याउँदा शवको बाकस फोडिएको छ एयरपोर्टमा केही सामान छ कि भनेर लुट्नलाई,’ उनले भने, ‘हामीलाई ब्यागेज, ब्यागहरू फुटेको त जानकारी थियो। समाज कहाँ जाँदैछ, समाज के बन्दैछ। शव ल्याएका बाक्साहरू फुटेका छन्। ती बाकसमा पनि केही सामान छन् कि गरगहनाहरू लुट्नका लागि। कारण के हो?’

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै