टोखा लाइभ। १६ चैत्र २०७९
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनले पूरै सहरमा अनिश्चितकालीन तालाबन्दी लगाएका छन् । यो लकडाउन कोरोनाका कारणले होइन, केही गोली हराएको कारणले गरिएको हो । किम जोङले यी गोली नभेटिएसम्म हेसन सहरबाट लकडाउन नहटाउन आदेश दिएका छन् ।
रेडियो फ्री एशियाको रिपोर्टका अनुसार यस महिनाको सुरुमा सैन्य रिट्रीटका क्रममा एक सिपाहीबाट ६५३ गोली हराएका थिए, त्यसपछि किम जोङ उनले गोली नभेटिएसम्म शहरभर खोजी अभियान चलाउने आदेश दिएका थिए।
रिपोर्टका अनुसार दुई लाख जनसंख्या भएको हेसेन सहरमा यो लकडाउन लगाइएको हो । ६५३ गोली नभेटेसम्म सहरमा लकडाउन जारी रहने यस सहरका स्थानीयवासी रियाङगाङले बताए ।
यी गोलीहरू मार्च ७ मा बेपत्ता भएका थिए। यस दिन कोरियाली जन सेनाको सातौं बटालियन हेसान शहरमा फर्कियो। वास्तवमा यो बटालियनलाई २०२० मा कोरोनाको सुरुवातमा देशको सिमानामा पठाइएको थियो। तर मार्च ७ मा बटालियनको टुकडी हेसेन शहरमा फर्कियो। यसैबीच गोली हराएको घटना भएको छ ।
रिपोर्टका अनुसार सुरुमा सिपाहीहरूले गोली हराएको रिपोर्ट गरेनन् तर आफ्नो स्तरमा खोज्ने प्रयास गरेका थिए। तर गोली नभेटेपछि प्रशासनलाई जानकारी गराइएको थियो । मामिला बढ्दै गएपछि किम जोङ उनले हेसन सहरमा तत्काल प्रभावबाट लकडाउन गर्ने आदेश दिए ।
लकडाउनमा पुरै सहर सिल गरिएको छ । गोली फेला पार्न सेना र प्रहरीले घर–घर खोजी गरिरहेको छ । तर अहिलेसम्म गोलीको कुनै सुराग फेला परेको छैन ।
किम जोङ उनले यस्तो निर्णय गरेको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि धेरै पटक यस्तै अनौठो निर्णय गरिसकेका छन् । किम जोङले देशमा हाँस्न समेत प्रतिबन्ध लगाएका छन् ।