• Jana Kura

    • 2023-03-08

    टोखा लाइभ।२४ फाल्गुण २०७९

    काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक महिलाहरू मात्रै रहेको चालक दलले राष्ट्रिय ध्वजावाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेको छ ।

    दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो।

    पाइलटद्वय भावना पन्त गिरी र सिर्जना राउतको चालक दलले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेको हो ।

    यो जहाज बुधबार बिहान १०.३५ बजे काठमाडौंमा अवतरण भएको हो। दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए।

    उनीहरुलाई विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीसहितले स्वागत गरेका छन्।

    बुधबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एयरबस सबै महिला चालक दलका सदस्यबाट उडाउने निर्णय लिएको थियो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै