• Jana Kura

    • 2023-02-21

    टोखा लाइभ। ९ फाल्गुण २०७९

    काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले २०० देखि नौ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको छ ।

    सामान्य माग्दै हिँड्नेलाई २०० देखि नागाबाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको हो ।

    महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अरू मुलुकबाट पनि साधुसन्त आएका थिए ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै