• Jana Kura

    • 2022-11-23

    टोखा लाइभ। ७ मंसिर २०७९

    वासिंगटन डिसी। नेपाली मूलकी किशोरी परिजिता बास्तोला अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको टप टेन मा प्रवेश गरेकी छिन्।

    उनी टप टेनमा छनौट भएको घोषणा क्यालिफोर्नियास्थित द भ्वाइसको सेटबाट बुधबार अमेरिकी समयअनुसार सांझ गरिएको थियो। उनले टप टेनभित्र पुग्नका लागि मंगलबार साँझ आफ्नो प्रस्तुति दिएकी थिइन्।

    नेपाली खाना दाल भात तरकारी मन पर्छ भन्ने परिजिताले हलिउडमा नेपाललाई चिनाउने लक्ष्य लिएकी छिन्। जम्मा १७ बर्षकी उनले गाउने अंग्रेजी गीतहरुमा आफ्नो पन दिने गरेको भन्दै जजहरुले उनको प्रसंसा गर्ने गरेका छन्।

    परिजितालाई भोट गर्नका लागि अमेरिका र संसारभरका नेपालीहरु र तिनका संघसंस्थाहरुले अभियान नै चलाउंदै आएका छन्।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै