• 2022-11-21

टाेखालाइभ डट कम/ मंसिर ५,२०७९

इक्वेडरका एलन भ्यालेन्सियाले २२ औं फुटबल विश्वकपमा पहिलो गोल गरेका छन् । विश्वकपको उद्घाटन खेलमा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारविरुद्ध भ्यालेन्सियाले दुई गोल गरेको छ । अल बायत रंगशालामा भएको खेलमा इक्वेडरले आयोजक कतारलाई २–० ले पराजित गरेको हो ।

खेलको १६ औं मिनेटमा कतारका गोलकिपर साद अलसेबले फाउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । त्यसको पूरा फाइदा उठाउँदै भ्यालेन्सियाले आफ्नो टोलीलाई अगाडि बढायो। यसअघि खेल सुरु भएको तेस्रो मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत गोलपोष्टमा अग्रता लिएको थियो तर रिभ्युमा अफसाइडका कारण गोल खारेज भएको थियो पहिलो गोलसँगै इनर भ्यालेन्सियाले इतिहासमा आफ्नो नाम लेखाएका छन्।

उनले ३१ औं मिनेटमा एन्जेलो प्रिसियाडोको पासमा हेडरमार्फत टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफसम्म २–० गोलको बराबरी रह्यो ।

दोस्रो हाफमा दुवै टोलीले धेरै प्रयास गरे पनि गोल गर्न सकेनन् । ७७ औं मिनेटमा खेलका स्टार इनर भ्यालेन्सिया घाइते भई मैदान छाड्नुपरेको थियो । कतारका खेलाडीहरू सुरुदेखि नै आक्रामक देखिए पनि भ्यालेन्सियाका दुवै गोल निर्णायक साबित भए ।

 

यो हारसँगै आयोजक समूह ‘ए’ को अन्तिम स्थानमा झरेको छ। उद्घाटन खेलमा कतारका सबै आक्रमण असफल र कमजोर देखिएका थिए । साथै, ठूलो मञ्चमा खेलाडीहरूमा दबाब महसुस गर्न सकिन्छ। आयोजक स्ट्राइकर अल्मोइज अलीको असफल हेडर बाहेक, सम्पूर्ण टोलीले विपक्षीलाई दबाब दिन सकेन। यो हारसँगै कतार विश्वकपको उद्घाटन खेलमा हार्ने पहिलो आयोजक टोली बनेको छ ।

अब उसले यस विश्वकपमा टिक्न आगामी खेलमा सेनेगल र नेदरल्याण्ड्सलाई जित्नुपर्नेछ। समूह ‘ए’ मा इक्वेडर तीन अंकसहित शीर्ष स्थानमा छ । समूह ‘ए’ मा आज सेनेगल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । आयोजक कतार यसअघि अभ्यास खेलमा इक्वेडरसँग २–० ले पराजित भएको थियो ।फाेटाे/फिफा डट कम

 

 

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै