• Jana Kura

    • 2022-07-22

    टोखा लाइभ । २०७९ साउन ६ गते ।

    काठमाडौं । साफ यू- २० मा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिने भएको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान १० बमुख्य प्रशिक्षक मेघराज केसीले साफ यू-२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।जे खेलाडीहरुलाई बिदाइ गरिने एन्फाले जनाएको छ ।

    जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बांगलादेशको सहभागिता रहने छ।

    टिममा ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमीत श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतीशरत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै