• 2022-06-06

टाेखालाइभ डट कम/ जेठ २३

एजेन्सी : भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो । उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् । यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै