• 2022-05-02

टाेखालाइभ डट कम/ बैशाख १९,२०७९

एजेन्सी / रियल मड्रिडले चार खेलअगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ।

शनिबार राति भएको खेलमा स्पानियोललाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै रियल ३५ औं पटक च्याम्पियन बनेको हो।घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे। मार्कुस एसेन्सियो र करिम बेन्जिमाले एक/एक गोल थप्दै रियललाई ४-० को जित दिलाए।

३४ खेलमा ८१ अंक जोडेको रियल शीर्ष स्थानमा छ। दोस्रो स्थानको सेभिल्लाभन्दा १७ अंकले अगाडि रहेको रियलले अंकअन्तरका आधारमा उपाधि सुनिश्चित गरेको हो।

रियलसँग पराजित स्पानियोल ३९ अंकसहित १४औं स्थानमा छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै