• 2022-02-18

    टाेखालाइभ /फागुन ६ ,२०७८

    काठमाडौं /नेपालले आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटमा घरेलु टोली ओमानमाथि सानदार जित निकालेको छ। बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल छनोटको पहिलो खेलमा जित निकाल्न सफल भएको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन मात्रै बनाउन सकेको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए।नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए। उनले ३ ओभरमा १५ रन दिँदै ३ विकेट लिएका हुन्।

    यस्तै कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २र२ विकेट लिए। जितेन्द्र मुखिया र अविनाश बोहराले १/१ विकेट लिए। ओमानका लागि एकमात्र खेलाडीले दोहोरो अंकमा रन बनाउन सफल भए। नसिम खुसीले २४ रन बनाएका थिए ।यस्तै लोकेश बम र सन्दीप लामिछानेले समान १६र१६ रन बनाए। लामिछाने अविजित रहे। ज्ञानेन्द्र मल्ल १५ र दीपेन्द्रसिंह ऐरी ११ रनमा आउट भए। ओमानका खावर अलीले ३ तथा बिलाल खानले २ विकेट लिए।

    ब्याटिङमा कमजोर प्रदर्शन गरे पनि बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पहिलो खेलमै हार बेहोर्नबाट बच्यो। जितका लागि ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै अलआउट भयो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै