• 2022-01-04

टाेखालाइभ डट कम/पौष २०,२०७८

काठमाडौं /श्री टाेखा भगवती युवा क्लब र आयोजक त्रिवेणी युवा क्लब बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा श्री टाेखा भगवतीले आयोजक त्रिवेणी युवा क्लबलाई ०-३ गोल अन्तरले पराजित गर्दै श्री भगवती उपाधि नजिक पुगेको हो।

खेलको २२ औं मिनेटमा अमितले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । आक्रमण फुटबल खेल पस्किरहेको टाेखा भगवतीले ५१ औं मिनेटमा अर्मान्डले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका  थिए ।खेलको ८० औं मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै श्री भावतीलाई ३-० को जित दिलाए ।

श्री भावतीलाई जित दिलाउन अर्मान्ड बिओडानले एक्लैले दुई गोल गरे ।

खेलमा अमित म्यान अफ दि म्याच चुनिए । उनले ५ हजार प्राप्त गरे ।

अब उपाधिका लागि श्री टाेखा भगवती क्लबलेले समाज कल्याण र बुद्ध युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।

सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।फाेटाे सौजन्य / खेलपाटी डट कम

 

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै