• 2022-01-04

    टाेखालाइभ/ पौष २०,२०७८

    काठमाडौं /नेकपा एमालेले आज काठमाण्डौ जिल्लाका १३८ वडामा अधिवेसन प्रतिनिधि छानिने भएको छ।

    काठमाण्डौ क्षेत्र नं २ मा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा स्थित मुलपानी क्रिकेट मैदानमा पौष २३ र २४ गते हुने जिल्ला अधिवेसनका लागि आज पौष २० गते जिल्लाका सबै स्थानीय कमिटीहरुले प्रतिनिधि छान्न लागेका हुन।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्ने जिल्ला अधिवेसनको उद्घाटन शत्र स्थलको सरसफाई आयोजना गरेको जिल्ला कमिटीले प्रत्येक वडामा निर्वाचन प्रतिनिधि परिचालित गर्दै जिल्ला अधिवेसन प्रतिनिधि छनौट गर्न लागेको हो।

    प्रतिनिधि छनौट यसरी हुँदै छन् ।

    १. एक देखि ७४ जना संगठित सदस्य भएको शाखा – एक जना

    २. ७५ देखि १५० जना संगठित सदस्य भएको शाखा – एक महिला सहित एक खुल्ला

    ३.१५१ देखि माथि – एक महिला र दुई खुल्ला ( प्रत्येक सय सदस्यमा एक थप )

    ४. सल्लाहकार – १५ प्रतिनिधि

    ५. विभाग – २० जना प्रतिनिधि

    ६. काठमाण्डौ महानगर कमिटी – २ महिला र ३ खुल्ला ( पाँच जना )

    ७. नगर कमिटी – एक महिला सहित दुई खुल्ला ( तिन जना )

    ८. निर्वाचन क्षेत्र – १०० दलित सद्स्त भएमा १ जना ( त्यो भन्दा बढी १ महिला सहित )

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै