• 2021-09-24

    टाेखालाइभ/असोज ८,२०७८
    काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले फोटो पत्रकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन ।

    बुधवार काठमाडौमा आयोजित राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २५ औँ वार्षिक साधारण सभा तथा १२ औँ केन्द्रीय अधिवेशन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

    शाक्यले फोटो पत्रकारहरुले खिचेका काठमाडौँका मूर्त अमूर्त सम्पदा, सहरी व्यवस्थापन, सहरी सुन्दरताका तस्विर प्रकाशन सहकार्यका लागि आफू तयार रहेको बताए ।

    सवै वर्गका पाठक र दर्शकका लागि फोटो पत्रकारिता सशक्त विधा भएको तथा फोटोको सन्देश निरक्षरले पनि बुझ्न सक्छन्न । सुन्ने क्षमता नभए पनि ग्रहण गर्न सक्छन् । एउटा तस्विरले हजारौँ शव्दको भाषा व्यक्त गर्न सक्ने शाक्यले आफ्नो अनुभव सुनाए ।

    सो अवसरमा हरिगोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ बाट मनोरञ्जन विधामा नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्वल डंगोल, पर्यापर्यटन विधामा नारायण सिलवाल र प्रेम थापा, सस्कृति सम्पदा विधामा शोभा मर्हजन र प्रदीप शाक्य तथा साहसिक विधामा मुकुन्द कालीकोटे र पूर्णिमा श्रेष्ठलाई प्रमाण पत्र र तामाको पदक प्रदान गरिएको थियो ।

    त्यसैगरी समूहका निवर्तमान अध्यक्ष राजेन्द्र चित्रकारकाअनुसार शसस्त्र प्रहरी बलका पूर्व नायव महानिरीक्षक माधव थापाको नाममा स्थापना गरिएको १० हजार रुपैयाँ नगदसहित माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार शुसील कुमार श्रेष्ठलाई प्रदान गरिएको थियो ।

    अधिवेसनले प्रदीपराज वन्तको अध्यक्षतामा ३ बर्षका लागि १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, सचिवमा रिपोर्टस नेपालका मुकुन्द कालीकोटे र कोषाध्यक्षमा न्यू भिजन मिडियाका सागर श्रेष्ठ छन ।

    सदस्यहरुमा अनलाइन खवरका आर्यन धिमाल, थाहा खवरकी शिला तिमिल्सिना, नयाँ पेजका प्रवीण कुलुङ् राई, अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, वाह्रखरीका हरिशसिंह नगाल, नेवा टाइम्सका रमिता छुँजु र प्रदीपकुमार श्रेष्ठ चयन भएका छन । – महानगरखबरबाट

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै