• 2021-09-03

टाेखालाइभ डट कम / भाद्र १८ , काठमाडौं

नेपालको पहिलो धावक स्व. गजराज जोशीको जन्मजयन्तीको उपलक्ष्यमा गजराज जोशी ट्रस्टद्वारा आयोजना गरिएको गल्र्स क्रिकेट फ्रेन्ड्ली ट्राई सिरिजमा टोखाको टिम चण्डेश्वरीले गजराज जोशी स्मृति कप २०२१ गल्र्स क्रिकेट फ्रेन्ड्ली सिरिजको उपाधि उचालेको छ ।  टिम सरस्वतीमाथि २–१ को जित निकाल्दै सिरिजमा टिम चण्डेश्वरीले कब्जा जमाएको हो ।

गोल्फुटारस्थित रोयल इन्डोर क्रिकेट एकेडेमीमा
भएको खेलमा चण्डेश्वरीका संस्कृति फुयालले १५ बलमा २ छक्काको मद्दतमा १८ रन र विपिशा शाहीले १० बलमा १ चौकाको मद्दतले १४ रन जोडेको थियो ।भने सिरिजको १२ ओभरको पहिलो खेलमा टिम सरस्वतीले ६ विकेटको जित निकाल्यो । टस जितेर बलिङ रोजेको सरस्वतीले चण्डेश्वरीलाई पाँच विकेटको क्षतिमा ६८ रनमा रोक्न सफल भएको थियो । । टिम सरस्वतीका प्रकृति पोखरेलले ३ ओभरमा २२ रनका साथ एक विकेट र अस्मिता खरेलले ३ विकेटमा १५ रन खर्चिदै एक विकेट हात पार्नुभयो ।

६९ रनको लक्ष्यका साथ मैदान छिरेको टिम सरस्वतीले १० ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । सरस्वतीका प्लेयर अफ दी म्याच विन्दा कटुवालले ३३ बलमा १ छक्का र १ चौकाको मद्दतले ४० रन र हेलिशा गुरुङले १६ बलमा १३ रन जोड्नुभयो । चण्डेश्वरीकी विपिशा शाहीले २ ओभरमा १ विकेटका साथ १२ रन खर्चनुभयो ।

विजयी खेलाडीहरूलाई ट्रस्टका अध्यक्ष मनिष जोशी, नेपाली महिला टोलीकी पूर्वकप्तान निरा राजोपाध्याय, टोखा नगरपालिका २ का वडाध्यक्ष दीपकराज जोशी, नेपाली कांग्रेस महासमिति सदस्य रामेश्वर केसी र गोकर्ण केसी, महाधिवेशन प्रतिनिधि राजेन्द्र महर्जन, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ र सचिव दामोदर भट्टराई, नेपाली कांग्रेस टोखा नगरसमितिका सचिव एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य रमेश नापितलगायतले पुरस्कृत गर्नुभएको थियो ।

महिला क्रिकेट टिम उत्पादन गर्ने उद्देश्यले टोखास्थित दुई क्षेत्र सरस्वती र चण्डेश्वरीमा महिलाहरूको दुई टिम स्थापना गरी उक्त टिमका बीच प्रतिस्पर्धा गराइएको प्रशिक्षक रविन जोशीले जानकारी गराउनुभयो । यसले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै क्रिकेटमा महिलाहरूको सहभागितालाई वृद्धि गर्न सहयोग पुग्ने गजराज जोशी ट्रस्टका अध्यक्ष मनिष जोशीले बताउनुभयो ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै