• 2021-08-27

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/भाद्र ११,२०७८

    मकवानपुर जिल्लामा रहेको १० वटा स्थानीय तहको समिति मध्ये पहिलो स्थानीय समितिको रूपमा भिमफेरी गाउँपालिकामा स्थानीय समितिको संरक्षण ,प्रमुख स्काउट ,संयोजक र समितिका सदस्यहरूको गत सोमबार भिमफेरीमा स्थानीय स्काउटको दीक्षान्त तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो।

    गाउँपालिकाको प्रमुख संरक्षण उपाध्यक्ष प्रमुख स्काउट हुने भएकोले उहाँले द्धय र आशिष अस्लामीको नेतृत्वमा निर्माण भएको कार्यकारी समितिको सपथग्रहण भएको हो। शपथ ग्रहण प्रदेश स्काउटको संयोजक केश रत्न बज्रचार्यले गराउनुभएको थियो।

    कार्यक्रममा पालिका प्रमुख हिदमपालिका प्रमुख हिदम लामा तथा उपप्रमुख पार्वती राणासँग प्रदेश सदस्यहरु असोक सारु शिवराम अर्याल मनहरि संयोजक अन्तर्गत पौडेल भिमफेदी वडा नं ५ का अध्यक्ष जहर सिंह लामास्थानीय समाजसेवी सानो थापा लगायतको उपस्थिति रहेको थियो। दाङका प्रमुख अतिथि केश रत्न बज्रचार्यले आफूहरू स्थानीय समितिलाई अघि लाएर काम गर्न सकिने बताए।

    गाउँपालिकाका अध्यक्षले व्यवस्थित तबरबाट कार्यक्रम व्यवस्थापनको तयारी भइ सकेको र स्थानीय सरकारको नीति तथा कार्यक्रममा पनि स्काउटलाई सम्बोधन गरेको र सोहीअनुसार बजेट विनियोजन गरेको बताउनुभयो।
    उपाध्यक्ष पार्वती रानाले पनि आफ्नो अध्यक्ष पछि छिट्टै परिषद निर्माण गर्नेर भिमफेदी मा स्काउट गतिविधि सञ्चालन गर्ने बताएका छन्। कार्यक्रममा स्थानीय समिति संयोजक आशिष अस्लामीको अध्यक्षतामा पालिकाको शिक्षा शाखाका कर्मचारी कृष्ण पौडेलले सञ्चालन गरेको थियो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै