• 2021-07-24

टाेखा लाइभ/ श्रावण ९
काठमाडौं – नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमाले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राखेका छन् ।
राष्ट्रिय युवा संघको युथफोर्स काठमाडौं उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताए।

‘शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाकोविरुद्ध कोही जान्छ भने त्यसलाई कमजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो युथफोर्सले त्यसविरुद्धमा खबरदारी गर्नेछ’, उनले भने।
संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताएका छन्।

उनले  हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने छिमेकी देशसँगको सम्बन्धलाई कमजोर बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्ने उनको भनाइ छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै