❝ प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता ❞
2024-07-01
काठमाडौँ, १७ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उहाँहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेट भएको हो । शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चात् सत्ता समीकरणबारे उठेका आशंकाबीच दुई नेताको भेटघाट बाक्लिएको हो यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरवारमा छलफल भएको थियो ।