• 2021-03-16

    टाेखालाइभ डट कम/ चैत ३ –

    प्रख्यात विचारक, नेपालभाषाका विद्वान समालोचक एवं नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो. माणिकलाल श्रेष्ठको निधन भएको छ।

    उहाँको रोग बिग्रेकाले पुनः ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएपछि आज बिहान उहाँको निधन भएको हो।
    उहाँको मेडिसिटीमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो। प्रो. श्रेष्ठको पहिला पनि निमोनिया लगायत अरु विभिन्न प्रकारका संक्रमणका कारण उहाँलाई लामो समय मेडिसिटी अस्पतालमा भर्ना भै औषधोपचार गरिरहदा  उहाँको स्वास्थ्य राम्रो भएपछि घर लगेको थियो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै