• 2021-02-04

    टाेखालाइभ डट कम / माघ २२

    प्रथम बिष्णाप अन्तर सहकारी ब्याडमिन्टन
    प्रतियोगिता भोलि शुक्रबार देखि हुने भएको छ ।
    बिष्णाप बचत तथा ऋण सहकारी संस्था लि.टाेखाको
    आयोजनामा हुने मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको बि लेवल र सि लेवल क्याटगाेरिमा प्रतिस्पर्धा हुने आयोजक बिष्णाप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामराज श्रेष्ठले जानकारी दिए।

    ऐतिहासिक टाेखा नगरपालिका भित्रमा रहेका १५ सहकारीहरुले सहभागिता जनाउने उक्त प्रतियोगितामा बि लेवल ९ जोडी मेन्स डबल र सि लेवलमा २९ जोडी मेन्स डबलले प्रतिस्पर्धा गर्ने बि लेवल मेन्स डबल तर्फ प्रथम हुनेले २० हजार नगद राशी,द्धितियले १५ हजार र तृतियले १० हजार पाउने छन् भने सि लेवल मेन्स डबल तर्फ प्रथम हुनेले प्रथम हुनेले १५ हजार , द्धितियले १० हजार र तृतियले ६ हजार सहित ट्रफि,प्रमाण पत्रसमेत प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको बि लेवलमा प्रवेश शुल्क २ हजार र सि लेवलमा प्रवेश शुल्क १५ सय टाेकिएको छ।
    प्रथम बिष्णाप अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको टाेखा नगरपालिका वडा ३ स्थित टाेखा ब्याडमिन्टन एकेडेमी हलको कर्वड हलमा भोलि बिहान ६:३० बजे देखि सो प्रतियोगिता हुने आयोजकले बताएको छ।

    टाेखा नगरपालिका अहिले ब्याडमिन्टन खेलप्रति युवाहरुको आकर्षण बढ्दै गएकोले खेलकुद क्षेत्रको विकासका लागी टाेखाका खेलाडीहरुले पनि सहभागिता जनाउदा स्थानीय खेल क्षेत्रमा रहेका खेलाडीहरुले समेत सिक्ने र अवसर पाउनुको साथै युवाहरूको स्वास्थ्य प्रती   स्फुर्त रहोस् भन्ने उद्देश्यले यस्तो  प्रतियोगिता सञ्चालन गर्न लागीएको आयोजक बिष्णाप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामराज श्रेष्ठले बताए ।

    प्रथम बिष्णाप अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका : टाईसित यसप्रकार रहेको छ।

    B/ Leval

    C/ Leval

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै